सहकार्य र सञ्जाल निर्माणसम्बन्धी सत्रको उद्देश्य

सञ्जालीकरणको परिचय, यसका फाइदा र सञ्जालीकरणका लागि सरोकारवाला पहिचानजस्ता विषयमा प्रस्ट पार्ने ।


बालबालिकाले दैनिक रुपमा भोगिरहेका चुनौती, समस्या र उनीहरूमा भएका क्षमताअनुसार प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी योजना बनाउँदा सरोकारवालाहरूसँग सहकार्यका आवश्यकताका बारेमा स्पष्ट पार्ने ।


प्रारम्भिक बालविकास र शिक्षालाई स्थानीय तहमा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि विभिन्न सरोकारवाला निकाय र समूहहरूको भूमिका र आवश्यकता प्रस्ट्याउने।