यस मोडेलको पहिलो स्टेपले खेल वा क्रियाकलापकf लागि भौतिक वातावरणलाई जनाउँछ । बालविकास शिक्षकले अपाङ्गता भएकाहरू लगायत सबै बालबालिकाहरूका लागि थप पहुँचयोग्य र समावेश गर्न मिल्ने स्थानलाई छनौट गर्न वा परिमार्जन गर्न सक्छन् ।
समय र कार्यले खेल वा क्रियाकलापको अवधि र जटिलतालाई जनाउँछ । शिक्षकहरूले समय र कार्यलाई अपाङ्गता भएकाहरूसहित सबै बालबालिकाका लागि थप पहुँचयोग्य र आकर्षक बनाउन समय र क्रियाकलाप परिमार्जन गर्न सक्छन् । यसमा नियमहरूलाई सरल बनाउने, परिमार्जन गर्ने, थप निर्देशन वा समर्थन प्रदान गर्ने जस्ता विधिहरु समावेश हुन्छन् ।
उपकरण भन्नाले खेल वा क्रियाकलापमा प्रयोग हुने खेल सामग्रीहरूलाई जनाउँछ। खेल खेल्नका लागि खेल सामग्रीहरु प्रयोग गर्न सजिलो होस भन्ने हेतुले बालविकास शिक्षकहरूले खेल सामग्रीहरु परिमार्जन गर्न र वैकल्पिक उपकरणहरु समावेश गर्न सक्छन् जसले गर्दा अपाङ्गता भएका बालबालिकाहरूसहित सबै बालबालिकाहरूको खेलमा थप पहुँच हुन सक्छ ।
मानिसहरू भन्नाले बालबालिका लगायत कुनै पनि व्यक्ति, शिक्षक र हेरचाहकर्तासहित खेल वा क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई जनाउँछ। शिक्षकले सबै बालबालिकाहरूको प्रत्येक क्रियाकलापमा सक्रिय सहभागिताका लागि समूह बनाउने तथा थपघट गर्ने जस्ता कुराहरुमा परिमार्जन गर्न सक्छन् । यसमा शिक्षक, सहयोगी वा जो कोहीलाई पनि समावेश गरी समावेशीकरण अभिवृद्धि गर्न सकिन्छ ।
ठाउँ, समय र कार्य, उपकरण र मानिसहरू: यी प्रत्येकलाई सम्बोधन गरेर, बालविकास शिक्षकहरूले सबै बालबालिकालाई पूर्ण सहभागी हुन सक्ने गरी खेल वा क्रियाकलापहरूको विकास तथा परिमार्जन गर्न सक्छन् । प्रारम्भिक बालविकास केन्द्रमा स्टेप मोडेल एउटा महत्वपूर्ण सिप सिकाइ विधि हुन सक्छ ।