नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट लागू गरिएको प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम, २०७७ ले सुझाएको दैनिक कार्यतालिकाअनुसारको क्रियाकलापलाई समावेशी बनाउनुपर्दछ र समावेशी बनाउँदा विविध क्रियाकलाप थप गर्न वा हटाउन सकिन्छ ।
शुभ बन्दना
बालविकास केन्द्रको सुरुआती क्रियाकलाप शुभ बन्दना हो । बालविकास केन्द्रको दैनिक कार्यतालिकामा शुभ बन्दनालाई बाहिरी खेल तथा अन्य क्रियाकलापसँग रमाइलो तरिकाले जोड्नुपर्छ । शुभ बन्दनालाई अझ बढी समावेशी बनाउन यी रणनीतिहरु अपनाउन सकिन्छ :
खेल
खेल बालबालिकाको सिकाइको परिपूरक हो । खेलको माध्यमबाट उनीहरुको सामाजिक सिपको अतिरिक्त समस्या समाधान, सहयोगको आदान प्रदान, नेतृत्व लिने दिने तथा सर्वाङ्गीण विकासको अवसर प्राप्त हुन्छ । तर सबै बालबालिकाले अवसर पाउनका लागि खेललाई परिमार्जित र खेल सामग्रीलाई अनुकूलन गरेर शारीरिक, इन्द्रियजन्य तथा बौद्धिक आवश्यकता भएका बालबालिकालाई सहभागी गराउन सकिन्छ । खेललाई समावेशी बनाउने केही रणनीतिहरु यस प्रकार छन् :
इन्द्रिय खेल
बालविकास केन्द्रको दैनिक कार्यतालिकामा सानो समूहको क्रियाकलापको योजना रहेको हुन्छ । यो क्रियाकलाप गर्दा इन्द्रिय चलायमान बनाउने तथा विकास गर्ने खालका खेल खेलाउनुपर्दछ । यस्ता खेलका लागि प्रशस्त इन्द्रिय आवश्यकताको सम्बोधन गर्ने खालका खेल सामग्रीहरूको आवश्यकता पर्दछ । यसका लागि निम्न रणनीतिहरू लागू गर्न सकिन्छ :
सिकाइ क्रियाकलाप
सिकाइ क्रियाकलाप बालबालिकाको बौद्धिक सिप अभिवृद्धिका लागि र शैक्षणिक सिप वृद्धिका लागि महत्वपूर्ण हुन्छ । निर्देशनात्मक सिकाइभन्दा बालबालिकाको सिकाइ शैली र आवश्यकताअनुरुप प्रभावकारी सिकाइ अवसर प्रदान गरिनु महत्वपूर्ण हुन्छ । सिकाइ क्रियाकलापलाई समावेशी बनाउने रणनीतिहरु देहायबमोजिम छन् :
आराम/ विश्राम
बालबालिकालाई आराम गर्न दिनु दैनिक कार्यतालिका अन्तर्गतको मुख्य गतिविधि हो ।आरामले बालबालिकाको क्षमतालाई प्रोत्साहन गर्नुको साथै शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्दछ ।सम्भव भएसम्म बालबालिकाले आराम गर्ने सुरक्षित कोठा वा ठाउँ निर्धारण गर्नु राम्रो हुन्छ । विश्रामले शैक्षिक गतिविधिहरूबाट थकाम महसुस भएका बालबालिकाको ध्यान र एकाग्रतामा सुधार गर्दै पुन: उर्जा प्रदान गर्न मद्दत गर्दछ । यसले उनीहरूको मस्तिष्क र शरीरलाई स्फूर्तिको अनुभूति गराउँछ। बालविकास शिक्षक र कर्मचारीहरूले यो समयमा शान्त वातावरण सिर्जना गर्ने र बालबालिकाले आराम गरे नगरेको रेखदेख गर्नुपर्दछ ।
बालबालिकालाई विभिन्न पुस्तकहरूसँग परिचित गराउनाले उनीहरूको भाषिक सिप मात्र नभइकन, संज्ञानात्मक सिप र कल्पना गर्ने क्षमतामा पनि फाइदा पुग्छ।बालबालिकाहरूलाई ठूलो स्वरमा पढ्न दिनुहोस् । उनीहरूलाई कथा, कविता र गायनमा संलग्न हुन प्रोत्साहन गर्नुहोस्। साथै उनीहरू आफैँलाई पुस्तकहरूसँग समय बिताउन दिनुहोस्।
कुनै पनि क्रियाकलाप गर्ने बेलामा बालबालिकाको आसनलाई ध्यान दिनुहोस्। अगाडिपट्टि घोप्टिएर वा ढल्किएको बेलामा कलम चलाउनु बालबालिकाको लागि चुनौतिपूर्ण हुनसक्छ।
प्रत्येक बालबालिकाको लागि तोकिएको ठाउँलाई सङ्केतस्वरूप चकटी राखिदिनाले उनीहरुले आफ्नो बसाइ व्यवस्थापन सुरक्षित भएको महसुस गर्छन्।