अपाङ्गता भएका बालबालिकाको सिकाइ आवश्यकताहरू पहिचान गर्नु भनेको समावेशी कक्षाकोठाको वातावरण सिर्जना गर्नका लागि महत्त्वपूर्ण पहिलो चरण हो । बालविकास शिक्षकहरूले अपाङ्गता भएका बालबालिकाहरूको सिकाइ आवश्यकता पहिचान गर्न यी केही रणनीतिहरू प्रयोग गर्न सक्दछन् जुन यसप्रकार उल्लेख छन् :
सिकाइ आवश्यकताहरू पहिचान गर्ने पहिलो चरण भनेको कक्षाकोठामा बालबालिकाको व्यवहार र कार्यसम्पादनको अवलोकन र मूल्याङ्कन गर्नु हो । बालविकास शिक्षकले बालबालिकाले कक्षाकोठामा अरू बालबालिकासँग कसरी अन्तरक्रिया गर्छन्, सञ्चार गर्छन् र विभिन्न प्रकारका निर्देशन र गतिविधिहरूमा कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ ।
आमाबाबु र हेरचाहकर्ताहरूले बालबालिकाको सिकाइ आवश्यकताहरूमा बहुमूल्य अन्तरदृष्टि प्रदान गर्न सक्छन् किनकि उनीहरूले पहिले नै घरमा केही व्यवहार वा चुनौतीहरू देखेका हुन सक्छन् । त्यसैले बालविकास शिक्षकले आमाबाबु र हेरचाहकर्ताहरूसँग नियमित रूपमा सम्वाद गर्नुपर्छ र बालबालिकाको सिकाइलाई कसरी राम्रोसँग सहयोग गर्ने भन्ने बारे उनीहरूको सल्लाह र सुझाब खोज्नुपर्छ ।
बालबालिकाको अपाङ्गताको प्रकारलाई ख्याल गर्दै उनीहरुको विशिष्ट सिकाइ आवश्यकतालाई राम्रोसँग बुझ्नका लागि पेसागत चिकित्सक वा मनोवैज्ञानिकहरू र अन्य विशेषज्ञहरूसँग परामर्श गर्नु उपयोगी हुन्छ ।
बालविकास शिक्षकलाई अपाङ्गता भएका बालबालिकाहरूको सिकाइ आवश्यकताहरू पहिचान गर्न मद्दत गर्न विभिन्न मूल्याङ्कनका साधनहरु उपलब्ध छन् । यी साधनहरुमा स्तरीकृत परीक्षणहरू, चेकलिस्टहरू र अवलोकन आदि समावेश हुन सक्छन् ।
बालविकास शिक्षकहरूले अपाङ्गता भएका बालबालिकाहरूको सिकाइ प्रगतिको नियमित रूपमा अनुगमन गर्नुपर्छ ।यसबाट उनीहरूलाई थप सिकाइ सहायता प्रदान गर्न मद्दत पुग्छ ।
सिकाइ आवश्यकताको सम्बोधन
यहाँ एउटा तालिका छ जसले केही सामान्य प्रकारका अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ आवश्यकताहरू र बालविकास शिक्षकले अपाङ्गता भएका बालबालिकाहरूको ती आवश्यकताहरू पूरा गर्न प्रयोग गर्न सक्ने शिक्षण रणनीतिहरूका बारेमा जानकारी प्रदान गर्दछ:
अपाङ्गताको प्रकार | सिकाइ आवश्यकताहरू | शिक्षण रणनीतिहरू |
शारीरिक अपाङ्गता | सीमित गतिशीलता | ह्विलचेयर, र्याम्पहरू र समायोज्य डेस्कहरूको प्रयोग गर्ने, शारीरिक गतिविधिहरू र खेलहरू अनुकूलन गर्ने, सिकाइलाई सहयोग गर्न दृष्य सामग्री उपलब्ध गराउने आदि जस्ता भौतिक सुविधा प्रदान गर्ने गर्नुहोस्। |
संज्ञानात्मक अपाङ्गता | समस्या समाधान, बुझाइ तथा लामो समयसम्म सम्झन कठिनाइ | बहुइन्द्रिय परिचालन रणनीति अवलम्बन गर्नुहोस् । कार्यहरूलाई साना चरणहरूमा विभाजन गर्नुहोस् । क्रियाकलाप र मूल्याङ्कनको लागि अतिरिक्त समय प्रदान गर्नुहोस् । |
संवेदनासम्बन्धी अपाङ्गता | श्रवण, दृष्टि वा स्पर्शमा कठिनाइ | श्रवण सहायक वा ब्रेल सामग्रीहरू वा अन्य सहयोगी प्रविधिहरू प्रयोग गर्नुहोस् । दृष्य सामग्री वा साङ्केतिक भाषामा व्याख्या गर्नुहोस्। कम विचलित बनाउने र सिक्ने वातावरण सिर्जना गर्नुहोस् । |
भावनात्मक अपाङ्गता | सम्बन्ध स्थापित गर्न, भावनाहरू र व्यवहारलाई नियमन गर्न कठिनाइ | सकारात्मक र सहयोगी भावना विकास भएको कक्षाकोठा सिर्जना गर्नुहोस् ।सकारात्मक व्यवहारको समर्थन गर्ने रणनीतिहरू प्रयोग गर्नुहोस् । सामाजिक र भावनात्मक शिक्षाका लागि यथेष्ट अवसरहरू प्रदान गर्नुहोस् । आवश्यकताअनुसार विशेषज्ञहरूबाट सहयोग लिनुहोस् । |