– दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, अटिजम, बौद्धिक, शारीरिक वा अन्य अपाङ्गता भएका बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधिनमा रही दिइने शिक्षा ।
– सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडि पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिइने शिक्षा ।
विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम, बौद्धिक अपाङ्गता, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा ।
– मूलधारका विद्यालयमा एकै प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई मात्रै एउटा निश्चित स्थान वा कोठामा राखी दिइने तयारी कक्षा ।
– स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष शैक्षिक पद्धति र विशेष शैक्षिक सामग्रीको प्रयोग गरी सिकाइ क्रियाकलापमा सहभागी गराइन्छ ।
कार्यक्रम तथा सुविधा |
---|
स्रोत कक्षा, एकीकृत र विशेष विद्यालय सञ्चालन |
छात्रवृत्ति (भौगोलिक क्षेत्र, वर्ग वा जातिगत, अपाङ्गता, छात्रा, मुक्त कम्लहरी आदि) |
अपाङ्गता पहिचान तथा अभिलेख व्यवस्थापन (६२ जिल्लामा लेखाजोखा केन्द्र) र ७५३ स्थानीय तहमा विद्यार्थी प्राविधिक लेखाजोखा समिति |
निःशुल्क ब्रेल पाठ्यपुस्तक, साङ्केतिक भाषाका सामग्रीको व्यवस्था |
अपाङ्गता अनुकूल मूल्याङ्कनको व्यवस्था र परीक्षामा थप समयको व्यवस्था |
आवास व्यवस्थापन (विशेष विद्यालय, एकीकृत विद्यालय, स्रोतकक्षा, डेरामा बस्नुपर्ने) |
भत्ता,कर छुट, यातायातमा छुट आदि |
स्रोतकक्षा सञ्चालन खर्च (वार्षिक रुपमा) |
अनुकूल सिकाइ सामग्री व्यवस्था -स्लेट, स्टाइस, रेडियो, पेनड्राइभ, चित्र पुस्तक आदि |
शिक्षक तयारी (शिक्षकको पेसागत विकास तालिम) |
अपाङ्गतामैत्री शैक्षिक तथा सन्दर्भ सामग्रीको विकास र वितरण |
श्रव्यदृश्य पाठ विकास र प्रसारण |
शैक्षिक सामग्री र चेतनामूलक सामग्री विकास |
अपाङ्गतामैत्री भौतिक संरचना निर्माण |
कक्षा ६ को सबै पाठ्यपुस्तकलाई Full text Daisy/Epub प्रविधिमा निर्माण र Online Library मा अपलोड गर्ने |
Learning Portal र टेलिभिजनबाट प्रसारण हुने अपाङ्गता समावेशी सामग्रीको विकास |
आवासीय छात्रवृत्ति वार्षिक रू.४०,००० (चालिस हजार) तथा श्रवण दृष्टिविहीनता भएका विद्यार्थीका हकमा गैरआवासीय छात्रवृत्ति रू.४,००० मासिक) |
साधन र मानवीय सहयोगका लागि वार्षिक रु ५०००। |
साधन प्रयोगकर्ताका लागि वार्षिक रु ३०००। |
उत्प्रेरणात्मक छात्रवृत्ति वार्षिक रु १०००। |