समावेशी शिक्षाको परिचय

  • नेपालको संविधानले शिक्षालाई मौलिक हकभित्र समावेश गरेको छ ।
  • शिक्षा पाउनु सबै बालबालिकाको अधिकार हो ।

सबै बालबालिकाहरूलाई सँगसँगै राखेर उनीहरूको आवश्यकतालाई सम्बोधन गर्दै प्रदान गरिने शिक्षा नै समावेशी शिक्षा हो ।

शिक्षा ऐन,२०२८ को ९ ‌औँ संशोधनअनुसार दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, अटिजम भएका लगायतका सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई अपाङ्गता नभएका बालबालिकाहरूसँगै राखेर नियमित शिक्षा पद्धतिअनुसार दिइने शिक्षा नै समावेशी शिक्षा हो भनेर परिभाषित गरिएको छ ।
सामाजिक, आर्थिक वा भौतिक कारणले पछाडि पारिएका बालबालिकाहरूलाई भेदभाव नगरिकन दिइने शिक्षा पनि समावेशी शिक्षा हो ।

समावेशी शिक्षाका मुख्य सिद्धान्तः

  • बालबालिकाको भिन्नताको सम्मान
  • अनुकूल वातावरण
  • नियमित शैक्षिक पद्धतिअनुसार शिक्षा दिइने
  • आफ्नो समुदायमा शिक्षा लिन पाउने अधिकार
शिक्षामा सबै बालबालिकालाई समावेश गर्नका लागि विद्यालयमा आउने बाटो, खेल मैदान, खानेपानी, कक्षाकोठालगायत आवश्यक सबै शैक्षिक सामग्रीहरू उनीहरू अनुकूलको हुनुपर्दछ । 
विद्यालय आउन नसकेका बालबालिकाको पहिचान गरेर उनीहरूलाई शिक्षाको अवसरको सिर्जना गर्न उनीहरूको अपाङ्गता वा अन्य अवस्था अनुकूलको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएर शिक्षामा समावेश गरिनुपर्दछ । 

समावेशी शिक्षा भन्नाले हामीले हाम्रो कक्षा र कक्षागत गतिविधिहरुलाई सबै किसिमका बालबालिकासँग सुहाउँदो बनाउने हो।

भित्तामा टाँसिएको सेतो कागजमा बिभिन्न रंगहरुको प्रयोग गरि हातको छाप बसाउँदै बालिका
आफूलाई सहज हुने तरिकाले सिकाइ गर्दै एक बालिका