वैयक्तिक प्रारम्भिक सिकाइ योजनासम्बन्धी सत्रको उद्देश्य

अपाङ्गता भएका र नभएका सबै बालबालिकाको सिकाइ आवश्यकताअनुसारको पहुँचयुक्त पाठ्यक्रम, पाठ्यसामग्री र सिकाइ योजना तयार गर्ने तरिकाहरू प्रस्ट पार्ने ।

अपाङ्गता भएका बालबालिका वा सिकाइमा कठिनाइ भएका बालबालिकाको विकास र सिकाइमा सुधार गर्दै सिकाइलाई गुणस्तरीय बनाउने सम्बन्धमा बालविकास शिक्षकले सम्पादन गर्नुपर्ने कार्यहरूका बारेमा स्पष्ट पार्ने ।

जुनसुकै प्रकारको सिकाइ आवश्यकता भएका बालबालिकालाई पनि बिना भेदभाव सिक्न पाउने वातावरण तयार गर्ने तरिकाहरूको प्रयोग गर्न प्रोत्साहित गर्ने ।