प्रत्येक बालबालिकाको क्षमता र आवश्यकता फरक हुने भएकाले अपाङ्गताको प्रकार र कार्यगत सीमितताका आधारमा बालबालिकाहरूको आवश्यकता पहिचान विधिबारे जानकारी दिने ।
बालविकास केन्द्रका दैनिक क्रियाकलाप तथा सिर्जनात्मक चाल अन्तरगतका विविध गतिविधिहरूलाई अपाङ्गता भएका बालबालिकाका लागि समावेशी बनाउने तरिकाका बारेमा प्रस्ट पार्ने ।
सिकाइ सहजीकरणको एउटा महत्वपूर्ण विधि प्रत्यक्ष निर्देशन र यसको समावेशी शिक्षामा उपयोगिताका बारेमा स्पष्ट पार्ने ।
बालबालिकाको विकास प्रक्रियामा भावनात्मक सम्बन्धको महत्व र उनीहरुको इच्छा, चाहना वा रुचि, व्यक्तिगत विचार, भनाइ, सम्भावना र समस्यालाई सम्बोधन गर्ने प्रक्रिया प्रस्ट्याउने।