हाम्रो शरीरका आँखा , नाक, कान, जिब्रो, हात वा छालालाई इन्द्रिय वा ज्ञानेन्द्रिय भनिन्छ ।
यी इन्द्रियहरूले मस्तिष्कलाई ज्ञान वा सूचना प्रवाह गर्ने भएकोले मस्तिष्कमा सूचनाहरू सङ्लन गरेर राख्दछ र कुनै पनि वस्तुको पहिचान गर्ने र त्यो वस्तुप्रति धारणा बनाउने कार्य गर्दछ ।
एकभन्दा बढी इन्द्रियहरूको प्रयोग गरी खेलिने खेललाई इन्द्रियमैत्री खेल भनिन्छ । इन्द्रियसम्बन्धी अपाड्गता भएका बालबालिकाको सिकाइ तथा विकासका लागि यस्ता खेलहरू खेलाइन्छ ।
इन्द्रियमैत्री खेल सामग्रीका लागि आफ्नै घर भान्साका सामग्री, जस्तै- स्वाद तथा वासना लिन मिल्ने सामग्री, दृश्य तथा स्पर्श गर्न मिल्ने सामग्री, सुनाइ सामग्री आदिलाई खेल सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ । यसका साथै चित्र, भिडियो, पोस्टर वा वास्तविक वस्तुको पनि प्रयोग गर्न सकिन्छ ।
बालबालिकालाई बालविकास केन्द्रको दैनिक कार्यतालिकाअनुसार सानो समूहको क्रियाकलाप तथा स्वतन्त्र खेलको समयमा खेलाउन सकिन्छ ।
•बहुस्पर्श इन्द्रिय उपयोगी सामग्री,
•बृहत् अवधारणा बुझाउने
•बसाइ व्यवस्थापन
•सक्रिय सहभागिता
•सकारात्मक पुनर्बल दिने
•स्पष्ट निर्देशन