प्रारम्भिक बालविकास केन्द्रमा अपाङ्गता भएका र नभएका सबै बालबालिकाको हेरचाह र विकासका लागि बालविकास शिक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ । यद्यपि ससाना बालबालिका र तिनका अभिभावकहरूसँग काम गर्दा कार्यबोझले यो भूमिका कहिलेकाहीँ तनावपूर्ण पनि हुन सक्छ । यस्तो अवस्थामा बालविकास शिक्षकले उनीहरूको सेवा र प्रभावकारिता कायम राख्न सतर्कता र तनाव व्यवस्थापनलाई प्राथमिकता दिनु आवश्यक छ ।
प्रारम्भिक बालविकास केन्द्रमा तनाव व्यवस्थापन र सतर्कताको महत्त्वको बारेमा सिकौँ है त।
शिक्षकहरू आफू शारीरक र मानसिक रुपमा स्वस्थ भएमा मात्र सबै बालबालिकाको विविध आवश्यकता र क्षमताहरूको राम्रो हेरचाह र सहयोग गर्न सक्छन् । त्यसैले बालविकास शिक्षकहरूको शारीरिक, भावनात्मक र मानसिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ ।यसका लागि स्वहेरचाह र तनाव व्यवस्थापनले सहयोग पुर्याउँछ ।
आत्म हेरचाह र तनाव व्यवस्थापनले दिक्क लाग्ने, जाँगर नचल्ने प्रवृत्ति घटाएर सकारात्मक मनोवृत्ति प्रवर्धन गर्न र समग्र कार्य प्रदर्शनलाई बढाएर कामको सन्तुष्टिमा सुधार गर्न सक्छ ।
प्रारम्भिक बालविकास केन्द्रमा बालविकास शिक्षकहरूको धैर्यता, समानुभूति र समझदारीलाई महत्व दिएर तनाव व्यवस्थापन र आत्म हेरचाहसहित समावेशी अभ्यासहरू गर्न सकेमा सबै बालबालिकाहरूको विविध आवश्यकता र क्षमताहरूलाई प्रस्फुटन गर्न सकिन्छ।
समय व्यवस्थापन प्रभावकारी समय व्यवस्थापनले बालविकास शिक्षकलाई आफ्नो कार्यभारलाई प्राथमिकता दिन र तनाव कम गर्न मद्दत गर्न सक्छ । यसमा यथार्थपरक लक्ष्यहरू र समयसीमाहरू निर्धारण गर्ने,प्राथमिकताका आधारमा कार्यहरू गर्ने र आवश्यक पर्दा विश्राम लिने आदि कुराहरु समावेश हुनुपर्छ ।
मन शान्त र आराम ध्यान, योग अथवा आफूलाई मनपर्ने कुनै पनि विश्राम विधिले मन शान्त हुने हुँदा शिक्षकहरूलाई तनाव व्यवस्थापन गर्न र सकारात्मक मनोवृत्ति कायम राख्न मद्दत गर्न सक्छ ।
स्वस्थ बानीहरू स्वस्थ बानीहरू, जस्तै- व्यायाम, स्वस्थ खाना र पर्याप्त निन्द्रा कायम राख्ने र सेवामुखी भावना विकास गर्नाले तनाव कम गर्न सक्छ ।
सहयोगी संयन्त्रहरू सहयोगी सञ्जालहरू निर्माण गर्ने, जस्तै- सहकर्मीहरू वा अन्य विज्ञसँगको सम्बन्धले तनाव व्यवस्थापन र आत्म हेरचाहको लागि मूल्यवान भावनात्मक समर्थन प्रदान गर्न सक्छ ।
व्यावसायिक विकास
कार्यशालाहरू वा सम्मेलनहरू तथा तालिममा सहभागिता जनाउने जस्ता व्यावसायिक विकासका अवसरहरूमा भाग लिनाले तनाव व्यवस्थापन गर्न र आत्म हेरचाहलाई महत्व दिन नयाँ विचार र रणनीतिहरू प्रदान गर्न सक्छ ।
प्रारम्भिक बालविकास केन्द्रमा बालविकास शिक्षकहरूले तनाव व्यवस्थापन र आत्म हेरचाहलाई प्राथमिकता दिएर आफ्नो कल्याण र प्रभावकारिता कायम राख्न, समावेशी अभ्यासहरू प्रवर्द्धन गर्न र सबै बालबालिकाका विविध आवश्यकता र क्षमताहरूलाई महत्व दिन सक्छन् । समय व्यवस्थापन, विश्राम, स्वस्थ बानीहरू, समर्थन गर्ने संयन्त्रहरू निर्माण र व्यावसायिकताको विकासका अवसरहरूमा संलग्न भएर शिक्षकहरूले उनीहरूको र सबै बालबालिकाको सफलतालाई बढावा दिन सक्छन् ।